एआई फर गुड ग्लोबल समिट २०२६ मा सहभागी नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्री तिमिल्सिनासँग भेट
संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)द्वारा स्वीट्जरल्याण्डमा आयोजना हुने ‘एआई फर गुड ग्लोबल समिट, २०२६’ अन्तर्गत ‘रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ मा सहभागी हुन जाने नेपाली विद्यार्थी टोलीले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेट गरी प्रतियोगिताको तयारी र योजनाबारे जानकारी गराएको छ। मन्त्री तिमिल्सिनाले नवप्रवर्तन, रोबोटिक्स र कृत्रिम बौद्धिकतामा युवा सहभागिता नेपालको भविष्यका लागि महत्वपूर्ण रहेको भन्दै टोलीलाई सफलताको शुभकामना दिएका छन्।
Sarita Koirala
Senior Political Correspondent

Prime Minister addressing the nation
एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट
काठमाडौँ, १९ असार :
संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड ग्लोबल समिट, २०२६’ मा भाग लिने नेपाली विद्यार्थीहरूको एक प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।रोबोटिक्स फर गुड युथ च्यालेन्ज, २०२६’ मा सहभागी हुन लागेको नेपाली विद्यार्थी टोलीले शुक्रबार मन्त्रालय पुगेर सञ्चारमन्त्री तिमिल्सिनासँग भेट गरी प्रतियोगिता, तयारी तथा आगामी योजनाबारे जानकारी गराएको हो । भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रतिस्पर्धामा जित वा हारभन्दा पनि त्यसबाट सिकाइ, नवप्रवर्तन र भविष्यमा सिर्जना गर्न सकिने अवसर बढी महत्वपूर्ण हुने धारणा राख्नुभयो । “नेपाली टोलीले प्रतिस्पर्धामा भाग लिनु आफैमा सुखद खबर हो । प्रतिस्पर्धामा जित र हार भन्दा पनि हामीले आविस्कार, अनुसन्धान, नवप्रवर्तनका क्षेत्रमा भविष्यमा के गर्न सक्छौं भन्ने कुरा महत्वपूर्ण हो,” उहाँले भन्नुभयो । नेपालजस्तो मुलुकका लागि नवप्रवर्तन, रोबोटिक्स र कृत्रिम बौद्धिकता (एआई) को विकास अपरिहार्य बन्दै गएको उल्लेख गर्दै उहाँले युवा प्रतिभाहरूले यस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालको क्षमता प्रदर्शन गर्नु गौरवको विषय भएको बताउनुभयो । सूचना प्रविधि, नवप्रवर्तन र नयाँ सोचलाई प्रवद्र्धन गर्न सरकार सकारात्मक रहेको उल्लेख गर्दै उहाँले सहभागी टोलीलाई सफलताको शुभकामना दिनुभयो । यस वर्षको ‘रोबोटिक्स फर गुड युथ च्यालेन्ज, २०२६’ को विषय ‘कृषि तथा खाद्य सुरक्षा’ रहेको छ । प्रतियोगितामा विश्वभरका ५० भन्दा बढी राष्ट्रका युवा टोलीहरू सहभागी हुनेछन् भने नेपालबाट विश्व छनोट पार गर्दै दुई टोलीले प्रतिनिधित्व गर्नेछन् । राष्ट्रिय आयोजक रोबोटिक्स एसोसिएसन नेपालका अनुसार जुनियर र सिनियर गरी दुई टोली जेनेभा जाँदै छन् । दुवै टोलीमा चार–चार जना विद्यार्थीसहित नेपालबाट कुल ११ सदस्यीय प्रतिनिधिमण्डल प्रतियोगितामा सहभागी हुनेछ । रोबोटिक्स एसोसिएसन नेपालका महासचिव तथा एआई फर गुडका निर्देशक ओमकार जैसवालले नेपालमा विगत केही वर्षदेखि ‘एआई फर गुड’ अन्तर्गत देशभित्र विभिन्न चरणका प्रतियोगिता सञ्चालन गर्दै उत्कृष्ट विद्यार्थी छनौट गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लगिएको बताउनुयभो । विश्व छनोटका लागि नेपालभरबाट राष्ट्रिय स्तरको प्रतिस्पर्धा गराइएको थियो । सिनियरतर्फको प्रतियोगिता गत वैशाख १४ गते काठमाडौँमा आयोजना गरिएको थियो । जहाँ आठ समूहका ४० जना प्रतिस्पर्धी सहभागी भएका थिए । त्यसैगरी जुनियर प्रतियोगिता जेठ २ गते सम्पन्न भएको थियो, जसमा १३ वटा शैक्षिक संस्थाका १६ टोली सहभागी भएका थिए ।
जैसवालका अनुसार नेपालले गत वर्ष पनि यही प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेको थियो । गत वर्ष नेपालबाट दुई टोलीसहित १२ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । त्यसक्रममा जुनियर टोलीले विश्वस्तरमा दोस्रो र्याङ्क प्राप्त गरेको थियो भने सिनियर टोली तेस्रो र्याङ्क रहन सफल भएको थियो ।
Sarita Koirala
Senior Political Correspondent


