logo
Advertisement
hatemalonews
Politics

मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले थाइल्याण्डस्थित नेपाली राजदूतावासमा त्यहाँ बसोबास गर्ने नेपाली समुदायसँग भेटघाट गरी कृषि, वन तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा छलफल गर्नुभएको छ।

Sarita Koirala

Sarita Koirala

Senior Political Correspondent

7 hours ago2 min2.1K8
Share
Minister Geeta Chaudhary meeting Nepali community in Thailand

Minister Geeta Chaudhary meeting Nepali community in Thailand

असार १८

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीले घेटघाट गरेका छन् । थाइल्याण्डस्थित नेपाली राजदूतावासमा मन्त्री चौधरीसँग आज भेटघाट गरेका हुन् ।

कृषि, वन लगायत क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा नेपाली समुदायसँग छलफल भएको छ । नेपालमा सम्भावना, लगानी, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता तथा सीप आदान–प्रदानका विषयमा छलफल भएको छ ।

कृषि उत्पादन वृद्धि, वन व्यवस्थापन, जलवायु परिवर्तनसँग अनुकूलन, आधुनिक कृषि प्रविधिको प्रयोग, लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा सुझाव दिएका छन् । मन्त्री चौधरीले ती सुझावलाई मन्त्रालयको समेट्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल र थाइल्याण्डबीच कृषि तथा वन क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउँदै ज्ञान, प्रविधि र अनुभवको आदान–प्रदानमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी र दिगो बनाउने विषयमा समेत जोड दिइएको थियो। छलफलमा थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

#Nepal Politics#Agriculture#Foreign Affairs
Sarita Koirala

Sarita Koirala

Senior Political Correspondent

Related Stories